भारतमा कोरोना भयावह बन्दै, एकैदिन ७९ जनाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, वैशाख १३ गते ।
कोरोना भाइरसबाट भारतमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
शुक्रबार एकै दिन भारतमा कोरोना संक्रमणबाट ५९ जनाले ज्यान गुमाएका छन् । यो भारतका अहिलेसम्मका कोरोना संक्रमणबाट सबैभन्दा धेरै मृत्यु हो ।
त्यहाँ शनिबार बिहानसम्म संक्रमितमध्ये ७ सय ८० जनाको मृत्यु भइसकेको वर्ल्डओमिटरले जनाएको छ । संक्रमितको संख्या २४ हजार ४ सय ४७ पुगेको छ ।
भारतमा शुक्रबार एकै दिन १४ सय ८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये अहिलेसम्म ५ हजार ४ सय ९६ जना उपचारपछि ठिक भएका छन् ।
भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ । त्यसपछि राजधानी नयाँ दिल्ली कोरोना संक्रमणबाट प्रभावित छ ।
कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा एक महिनादेखि लकडाउन छ । गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ ।
Sponsored