कात्तिक पूर्णिमाको अवसरमा यी समयमा सञ्चालन हुँदैछ रेल
टुडेपाटी–
जनकपुरधाम, कार्तिक २२ गते ।
कातिक पूर्णमामा कमला नदीमा स्नानका लागि जयनगर–जनकपुरधाम–कुर्था रेल सेवा आज र भोलि तीन पटक सञ्चालन हुने भएको छ ।
कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गर्दै नेपाल रेल्वे कम्पनीले कात्तिक २१ गतेको ११ बजेपछि २३ गतेसम्म अतिरिक्त समयमा पनि रेल सञ्चालन गरेको छ ।
कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपाल र भारतबाट तीर्थालु आउने गरेका छन् ।
नेपाल रेल्वे कम्पनीका इन्जिनियर आज तीन पटक रेल आउने र जाने जानकारी दिए ।
Sponsored