विशेष अदालतसँग असन्तुष्ट अख्तियार, अख्तियारले दायर गरेको १६४ मुद्दा मध्ये १४३ मा सफाई
टुडेपाटी–
काठमाडौँ, कार्तिक २० गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ दिने क्रम बढेको भन्दै असन्तुष्टि जनाएको छ ।
मुद्दाको सुनुवाइमा विशेष अदालत संवेदनशील नभएको, दोषी उम्किनेक्रम बढेको भन्दै लापरबाही देखिएको अख्तियारको गुनासो छ ।
पत्रकार सम्मेलनमार्फत अख्तियारले गत साउन यता फैसला भएका १६४ मुद्दामध्ये १४३ वटामा सफाइ दिइएको तथ्यांक प्रस्तुत गरेको छ । सफाइ दिएकामध्ये १२२ वटामा विशेष अदालतविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको छ ।
पुनरावेदन गरिएका मुद्दामा सामाजिक सुरक्षा भत्ता हिनामिना, घुस/रिसवत, गैरकानूनी सम्पत्ति आर्जन, गुणस्तरहीन सामान खरिद, राजस्व चुहावटलगायतका छन् ।
ती मुद्दाका प्रतिवादी संख्या २५१ छन् भने ४२ करोड १६ लाख २६ हजार ४६२ रूपैयाँ बिगो छ ।
Sponsored
अख्तियारले बिगो तथा सजाय मागदाबीसहित मुद्दा दायर गरेकोमा सजाय माग नपुगेको, अनुसन्धान फितलो भएकोलगायतका कारण देखाउँदै विशेष अदालतले सफाइ दिएको छ ।