TodayPati

धनुषा ४ : जसपाका महाजन यादवले फुलमाला लगाएर कृष्णलाई दिए जितको शुभकामना

टुडेपाटी-

जनकपुरधाम, कात्तिक २२ गते ।

धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार कृष्ण कुमार महतोलाई जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार महाजन यादवले जितको शुभकामना दिएका छन् ।

Sponsored

घरदैलोको क्रममा लक्ष्मिनिनियाँ गाउँपालिका १ स्थित सोहनीमा जम्काभेट भएका महतोलाई यादवले माला लगाएर स्वागत गर्दै जितका लागि शुभकामना दिएका हुन् ।

देशलाई सक्रिय र पढेलेखेका युवाको जरुरी रहेको भन्दै यादवले महतोलाई जोडदार रुपमा अघि बढ्न सल्लाह पनि दिए ।

कृष्णाले जितका लागि महाजनलाई ढोगेर आर्शिवाद पनि लिए । हाँस्य कलाकारको परिचय बनाएका कृष्णाले धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Sponsored

दलका नेताहरुले जनतालाई ठगेको र उनीहरुलाई पत्याउने अवस्था नरेकाले आफ्नो जित सुनिश्चित रहेको कृष्णको दावी छ ।

गरिब परिवारमा जन्मेर हुर्केका कृष्णको पक्षमा युवाहरुले समेत स्वस्फुर्त रुपमा आफ्नै घरबाट खाएर प्रचार प्रसार गरिरहेका छन् । कृष्ण यतिबेला क्षेत्र नम्बर ४ को दक्षिनी भेगमा रिक्सा चढेर घरदैलो कार्यक्रम गरिरहेका छन् ।

सँगसँगै देश र जनताको समस्या र त्यसका समाधानका लागि कलाकारको समुहले पनि निःशुल्क रुपमा उनका लागि सडक नाटक गरिरहेका छन् ।

मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा राम्रो पकड र माहोल बनाएको कृष्णले क्षिरेश्वरनाथ नगरपालिका, लक्ष्मिनियाँ गाउँपालिका, मिथिला विहारी नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकामा पनि आफ्नो पक्षमा माहोल बनाउन दिनरात खटिएका छन् ।

युवापुस्तामाझ उनको बढी क्रेज छ । कृष्णाको एजेण्डा र अनुहार जनतालाई चाहिने भन्दै लौरो अभियानले समेत समर्थन गरेर मत मागिरहेका छन् ।

अन्य साना दलले समेत उनलाई आन्तरिक समर्थन गरिसकेको छ ।

कृष्णको उम्मेदवारीले यस क्षेत्रबाट सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठ झस्किएका छन् ।

कृष्णलाई पछि हटाउन उनीहरुले हरसम्भव कोसिस पनि गरेको नेताहरुले टुडेपाटीसँगको कुराकानीमा जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *