TodayPati

धनुषामा बोलेरो दुर्घटना हुँदा नवजात शिशुको मृत्यु, ६ जनाको अवस्था गम्भीर

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २० गते ।

धनुषामा सवारी दुर्घटना परेर एक नवजात शिशुको मृत्यु भएको छ । यस्तै, सोही दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

Sponsored

दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुको नाम र ठेगाना खुल्न नसकेको प्रवक्ता क्षेत्रीले बताए ।

जनकपुरधामबाट ढल्केबर गईरहेको सो बोलेरो लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भएर पल्टेको हो।

दुर्घटनामा परेर गम्भीर घाइते भएकाहरुको सेन्ट्रल हस्पिटलमा उपचार भइरहेको छ ।

Sponsored

यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *