माओवादी केन्द्रका कार्यकर्ताले सर्लाहीमा बन्द गरेको राजमार्गको अवरोध हटयो
टुडेपाटी-
सर्लाही, कार्तिक २० गते ।
सर्लाहीको हरिवनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले गरेको पूर्वपश्चिम राजमार्गको अवरोध खोलेका छन् ।
माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषिमाथि कारबाहीको माग गर्दै राजमार्ग बन्द गरेका थिए ।
माओवादी केन्द्रका कार्यकर्ताले आफूहरुको माग अनुसार घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्रेकाले राजमार्गको अवरोध हटाएको जनाएका छन् ।
सर्लाहीकी बलमाथपि दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड गरेको माओवादीको आरोप छ ।
ईलाका प्रहरी कार्यालय हरिवनले पौडेललाई पक्राउ गरे पनि शनिबार छुटेका थिए । तर माओवादीले सडक बन्द गरेपछि पौडेललाई फेरि पक्राउ गरिएको हो ।
Sponsored