TodayPati

मधेश प्रदेश : निर्वाचन अधिकृतको कार्यालयमा ताल्चा लगाउने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

टुडेपाटी-
बारा, कार्तिक २० गते ।

बारामा निर्वाचन अधिकृतको कार्यालयमा ताल्चा लगाउने एकजना जनप्रतिनिधि पक्राउ परेका छन् ।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा ताल्चा लगाएको आरोपमा प्रहरीले वडा नं. ७ का वडाध्यक्ष सुनिल गुप्तालाई नियन्त्रणमा लिएको हो।

Sponsored

उपमहानगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा ताल्चा लगाएर कर्मचारीहरुलाई भित्रै थुनेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिए।

उनीसँगै एक जना वडा सदस्यलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *