सन्दीपलाई थुनामा पठाउन अदालतको आदेश
टुडेपाटी–
काठमाडौँ, कार्तिक १८ गते ।
जिल्ला अदालत काठमाडौँले नाबालिकमाथि बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धुनामा पठाएको छ ।
शुक्रबार न्यायाधीश माधव घिमिरेको इजलासले थुनछेक बहसपछि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् ।
सन्दीपलाई जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए ।
जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले पनि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको बताए ।
असोज २० गते पक्राउ परेका सन्दीपलाई १० देखि १२ वर्षको कैद सजाय हुनु पर्ने माग दाबीसहित जिल्ला अदालतमा रिट दायर भएको थियो । पुर्पक्षका लागि थुनामा गएसँगै लामिछाने मुद्धाको अन्तिम टुंगो नलागेसम्म हिरासतमै रहने भएका छन् ।
Sponsored