मधेश प्रदेश : कन्टेनरले किचिएर एकजनाको मृत्यु
टुडेपाटी–
पर्सा, कार्तिक १८ गते ।
कन्टेनरले किचिएर पर्सामा एकजनाको मृत्यु भएको छ । जिल्लाको वीरगन्ज महानगरपालिका–२५ मा बिहिबार साँझ कन्टेनरले किचेर घाइते भएका पुरुषको मृत्यु भएको हो ।
बिहिबार साँझ साढे ६ बजे भारतीय नागरिक ३० वर्षीय अशोक यादवलाई भारतीय नम्बरको कन्टेनरले ब्याक गर्ने क्रममा किचेको थियो ।
वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
यता, दुर्घटनामा संलग्न कन्टेनरसहित चालकलाई प्रहरीको नियन्त्रणमा रहेको छ ।
Sponsored