TodayPati

जनकपुर जनकचोकको करोडौं मूल्यको ३ कठ्ठा जग्गा किर्ते गरी हत्याएर खुलेआम घुम्दै राणा

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १६ गते ।

जनकपुरधाममा करोडौं मूल्यको ३ कठ्ठा नम्बरी जग्गा किर्ते गरी अर्का व्यक्तिले आफ्नो नाममा पारेको रहस्य खुलेको छ ।

जनकपुरधाम उपमहानगरपालिका २ जनकचौकमा स्वर्गीय गीतारानी हमालको नाममा रहेको २ कठ्ठा ५ धुर ३ कनमा र १४ धुर ३ कनमा जग्गा स्थानीय प्रकाशजंग राणाले किर्ते गरेको खुलेको हो ।

Sponsored

किर्ते गरेको पाइएपछि राणाविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । जग्गाधनी गीतारानीका छोरा देशपालसिंह हमालले राणाविरुद्ध जिल्ला प्रहरी कार्यलय धनुषामा जाहेरी दिएका हुन् । राणविरुद्ध सरकारी कागजात किर्ते र ठगी कसुर सम्बन्धि जाहेरी दर्ता भएको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक रायले बताए ।

‘अर्काको नाममा रहेको जग्गा सरकारी काजगजात किर्ते गरी आफ्नो नाममा गरेको अभियोगमा जाहेरी दर्ता भएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ’, डिएसपी रायले भने ‘हामीले नापी, मालपोत लगायत कार्यलयबाट पत्र लेखेर डकुमेन्टहरु माग गरेका छौं । अनुसन्धान गरिरहेका छौं । यदि अनुसन्धानबाट त्यस्तै देखियो । सावित हुने अवस्था आयो भने मुद्दालाई त्यही हिसाबले अघि बढाउँछौं ।’

राणाले किर्ते कागजातको आधारमा गीतारानीको नाममा रहेको किता नं. १७० बाट १४ धुर ३ कनमाको कि।नं। २७५ र २ कट्ठा ५ धुर ३ कनमा क्षेत्रफलको कि।नं। २७६ कायम गराएको जाहेरीमा उल्लेख छ ।

Sponsored

‘बुवा र आमा स्वर्गीय भएपछि सो जग्गा आफ्नो नाममा नामसारी गराउन मालपोत कार्यालयमा जाँदा ती जग्गा त प्रकाश राणाको नाममा दर्ता भइसकेको थाहा भयो । म आश्चर्यचकित भएँ ‘ हमालले भने ‘मालपोत कार्यलयबाट त्यो जग्गाको मिसिल फाइल छैन । त्यसबाट केही जग्गा प्रकाशले बेचिसकेका छन् ।’

जनकपुरधामको मुटु मानिने जनकचोकमै रहेको सो जग्गा प्रतिधुर ५० लाख बढी मूल्यको रहेको छ। मालपोत र नापी कार्यालयलयले सो जग्गा विषयमा यथार्थ लिखित जानकारी दिएपछि प्रहरीले जाहेरी दर्ता गरेको उनको भनाइ छ । तर प्रकाश खुलेआम घुम्दा उनलाई पक्राउ नगरेको पीडितको आरोप छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *