निर्वाचन आचारसंहिता विपरीत रघुवीर महासेठले साडी बाँडे
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १६ गते ।
धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेदवार रघुबीर महासेठले महिलालाइ साडी वितरण गरेको पाइएको छ । मतदाता रिझाउन निर्वाचन आचारसंहिता विपरीत जनकपुरधाम उपमहानगरपालिका १९ को जमुनिया टोलमा आयोजित कार्यक्रममा उनले साडी वितरण गरेका हुन् ।
कार्तिक १५ गते आयोजित घरदैलो तथा पार्टी प्रवेश कार्यक्रममा महासेठले साडी बितरण गरेको तस्वीर सार्वजनिक भएको छ । महासेठले सो कार्यक्रममा २० जना महिलालाई साडी वितरण गरेको स्थानीय प्रत्यक्षदर्शीको दावी छ ।
एमालेबाट प्रदेशसभा क्षेत्र नं. ४ (क) का उम्मेदवार संतोष यादव समेत उक्त कार्यक्रममा सहभागी थिए । तर उनले आफुहरुले साडी वितरण नगरेको दावी गरे । सहीद परिवारलाई साडी दिएर सम्मान गरेको उनले बताए । तर सहीद परिवारबारे थप स्पष्ट गर्न चाहेनन् । महासेठले साडी वितरण गरेको तस्बीर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले यस विषयमा अनभिज्ञता प्रकट गरेकोछ । यस विषयमा बुझेर अन्य प्रकृया अगाडी बढाइने निर्वाचन अचारसंहिता अनुगमन अधिकारी डा.वीरेन्द्र मिश्रले बताए ।
यसअघि धनुषा निर्वाचन क्षेत्र नं.३ मा नेकपा एमालेबाट प्रतिनिधीसभाकाकी उम्मेदवार जुली महतोले अटो रिक्सामा आचारसहिंता विपरीता आफ्नो प्रचार सामग्री पोस्टर झुण्ड्याएको भन्दै उनलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
Sponsored