छठका लागि जनकपुरधाममा ३ करोडको केरा आयात
दिपक मिश्र–
जनकपुरधाम, कार्तिक १२ गते ।
छठ पर्वका लागि जनकपुरधाममा यस पटक करिब ३ करोडको केरा आयात गरिएको छ ।
छठको प्रमुख प्रसादको रुपमा प्रयोेग हुने केरा यस पटक नेपालको नवलपरासी र भारतको विभिन्न स्थानबाट ६० ट्रक केरा आयात गरिएको जनकपुर फलफूल व्यवसायी संघका महासचिव भुवनेश्वर पुर्वेले जानकारी दिए ।
छठ पर्व आएसँगै जनकपुरधाममा केराको मूल्यमा भने वृद्धि भएको छ । तिहारभन्दा अघिसम्म ६० देखि ७० रुपैयाँ प्रति दर्जन बिक्री हुने केरा अहिले ८० देखि ९० रुपैयासम्म पुगेको छ ।
यता महासचिव पुर्वेले सरकारको नीतिका कारण केराको मूल्यमा वृद्धि भएको दावी गरे ।
उनले दिपावलीभन्दा पहिला भिट्ठामोड नाकाबाट बिना कुनै एलसीको केरा आउँदै गरेकोमा त्यसयता एलसी लगाएपछि केराको मूल्यमा बढोत्तरी भएको दावी गरे ।
Sponsored