TodayPati

छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै

टुडेपाटी

जनकपुरधाम, कार्तिक १२ गते ।

सूर्य भग्वान एवम् दिनानाथको पूजाआजा गरी अत्यन्त नियमनिष्ठापूवर्क मनाइने छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ ।
दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियमनिष्ठाकासाथ खीर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई खान दिने चलन छ ।

Sponsored

सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने छठ ब्रतालुहरुले नुहाएर अरबा अरबाईन एवं चोखो खाने खाएका कुरा खाएपछि शुक्रबार विधिवत रुपमा सुरु भएको हो । भोली आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यको अर्घ दिइन्छ ।

चारदिनसम्म मुख्य विधि गरि मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोश्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने, तेश्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि समापन हुने गर्दछ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *