दुई समुदायबीचको झडप उग्र बनेपछि महोत्तरीको पररियामा अनिश्चितकालिन कफ्र्यू जारी
टुडेपाटी–
जनकपुरधाम, कार्तिक १० गते ।
दुई समुदायबीचको झडप उग्र रुप लिएपछि महोत्तरीको भंगहा नगरपालिकामा कर्फ्यू जारी गरिएको छ।
बिहीबार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभर झडप हुँदा अनिश्चित कालका लागि कर्फ्यू जारी गरिएको छ ।
आज बिहान करिब १० बजेतिर हिन्दु सेना सम्राटले मार्च पास निकालेका थिए। त्यसै क्रममा वडा नम्बर ८ स्थित पररियामा दुबै समूहबीच झडप भएको थियो। दुबैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झन्डै एक दर्जन व्यक्ति घाइते भएको प्रहरीले जनाएका छन् ।
अवस्था तनावग्रस्त भएपछि प्रहरीले ३२ राउन्ड बढी हवाई फायर गरेका थिए।
शान्त भएको विवाद राती बढ्न सक्ने आशंकामा त्यस क्षेत्रमा साँझ ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।
Sponsored