TodayPati

टी–२० विश्वकप : भारतको लगातार दोस्रो जित

टुडेपाटी–
काठमाडौँ, कार्तिक १० गते ।

टी–२० विश्वकपमा भारत दोस्रो खेलमा लगातार जित निकाल्दै आफ्नो ग्रुपको शिर्ष स्थानमा पुगेको छ । बिहीबार भारतले लगातार दोस्रो जित निकालेको छ ।

नेदरल्यान्डस्लाई भारतले ५६ रनले पराजित गरेको छ । नेदरल्यान्डको भने यो लगातार दोस्रो हार हो ।

Sponsored

जितका लागि १ सय ८० रन पछ्याएको नेदरल्यान्ड्सले नौ विकेटमा १ सय २३ रन मात्र बनाउन सक्यो । उसका लागि कसैले पनि गतिलो योगदान दिन सकेनन् । टिम पिन्जलको २० रन नै सर्वाधिक ठूलो स्कोर रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले दुई विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । कप्तान रोहित शर्माले ५३, विराट कोहलीले ६२ र सूर्यकुमार यादवले ५१ रन बनाए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *