TodayPati

मधेश प्रदेश : प्रहरीद्वारा लाखौँको पटाका नष्ट

टुडेपाटी–
जनकपुरधाम, कार्तिक ७ गते ।

विभिन्न समय र स्थानबाट सप्तरी प्रहरीले बरामद गरेको विष्फोटक पदार्थ पटाका नष्ट गरेको छ ।

छिन्नमस्ता, बोदेबरसाईन ,बिष्णुपुर, बलान बिहुल, खडक नगरपालिका, हनुमानगर कंकालिनी, डाक्नेश्वरी, अग्नीसाईर कृष्णसबरण,लगायत स्थानबाट भारतबाट अबैध रुपमा ल्याएका २ लाख ४५ हजार २०८ रुपैयाँ बराबरको पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

Sponsored

सोमबार प्रहरीले नागिन, फुलझेरी, छूरछुरी, आलु बम, रकेट बम, चक्र, आकाशे बम लगायतका विष्फोटक जन्य पदार्थ नष्ट गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *