TodayPati

ट्रकको ठक्करबाट सर्लाहीका सैनिक जवानको मृत्यु

टुडेपाटी–
चितवन, कात्तिक ७ गते ।

ट्रकको ठक्करबाट एक सैनिक जवानको मृत्यु भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ रमाइलोडाँडा नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सैनिक जवान सर्लाहीको बागमती नगरपालिका–८ का अन्दाजी २६ वर्षीय सुनील महतोको मृत्यु भएको हो ।

Sponsored

नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ९२३२ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ४७ प ९११६ नम्बरको मोटरसाइकललाई सोमबार विहान ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

महतो नेपाली सेनाको बुटवलस्थित रण शारदल गणमा कार्यरत थिए । यस्तै दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने सर्लाहीको बागमती–८ की १९ वर्षीया निशा मगर घाइते भएकी छन् ।

Sponsored

पुरानो मेडिकल कलेजमा उपचार गराइरहेकी निशाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *