TodayPati

ट्रकले मोटरसाइकलमा ठक्कर दिँदा सर्लाही घर भएका सैनिक जवानको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ७ गते ।

चितवनमा ट्रककको ठक्करबाट सर्लाहीका एकजनाको मृत्यु भएको छ । मत्यु हुनेमा सैनिक जवान सर्लाहीको बागमती नगरपालिका–८ का अन्दाजी २६ वर्षीय सुनील महतो छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–४ रमाइलोडाँडा नजिक नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ९२३२ नम्बरको ट्रकले विपरीत दिशाबाट महतोले चलाउँदै आएको ना ४७ प ९११६ नम्बरको मोटरसाइकललाई सोमबार विहान ठक्कर दिएको थियो ।

Sponsored

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

उनी नेपाली सेनाको बुटवलस्थित रण शारदल गणमा कार्यरत थिए । दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने सर्लाहीको बागमती–८ की १९ वर्षीया निशा मगर घाइते भएकी छन् । पुरानो मेडिकल कलेजमा उपचार गराइरहेकी निशाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *