TodayPati

मधेश प्रदेश : ट्रकको ठक्करबाट मजदुरको मृत्यु

टुडेपाटी–
वीरगञ्ज, कात्तिक ६ गते ।

ट्रकको ठक्करबाट बाराको सिमरामा एक जना मजदुरको मृत्यु भएको छ ।

सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा कार्यरत करैयामाई गाउँपालकिा ५ बस्ने ४० वर्षीय रामसुरत चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

Sponsored

उद्योगभित्र प्रवेश गर्ने क्रममा प्रदेश २ ख ०३१६ नम्बरको ट्रकले चौधरीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट बेहोस भएका चौधरीलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका लागि पठाएकोमा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *