TodayPati

सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न म्याद थप

टुडेपाटी–
काठमाडौं, कार्तिक ६ गते ।

बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले दुई दिन म्याद थपेको छ।

अघिल्लो पटक थपेको चार दिनको समयसिमा सकिएपछि जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई थप दुई दिन दिएको हो।

Sponsored

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले सन्दीपलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जानकारी दिए ।

मैनालीका अनुसार लामिछानेविरुद्धको मुद्दामा अनुसन्धान लगभग सकिएकाले आइतबार साँझसम्म जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल बुझाउने प्रहरीको तयारी छ।

क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका बेला भदौ २१ गते उनीमाथि बलात्कारको आरोप लागेको थियो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *