महोत्तरीमा एक सय ४३ मतदानस्थल अतिसंवेदनशील
टुडेपाटी–
महोत्तरी, असोज २८ गते ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रहेको मतदान स्थलहरुमध्ये एक सय ४३ मतदान स्थललाई अतिसंवेदनशीलमा राखिएको छ ।
भारतसँगको खुलासीमा नाकालाइ्र्र दृष्टिगत गर्दै एक सय १४ मतदान स्थललाई संवेदनशील घोषित गरिएको छ ।
निर्वाचनलाई मध्यनजर गर्दै यसको आवरण÷निहुँमा हुनसक्ने सम्भावित अवाञ्छित घुसपैठ निस्तेज गर्न सुरक्षा प्रबन्ध सुदृढ गरिँदै लगिएको जिल्लाका मुख्य प्रशासक प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले बताए ।
चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा निर्वाचनका लागि दुई सय ५८ मतदानस्थल र चार सय ९९ मतदान केन्द्र निर्धारण गरिएका छन् । जिल्लाका सबै मतदान स्थलको वस्तुस्थिति बुझी राख्न सुरक्षा निकायसहितको अनुगमन निरन्तर जारी राखिएको छ ।
जिल्लाको भौगोलिक अवस्थिति, सामाजिक परिवेश, आपराधिक गतिविधिलगायतका आधारमा मतदानस्थल र मतदान केन्द्रलाई तीन तह (अतिसंवेदनशील, संवेदनशील र सामान्य) मा वर्गीकरण गरी सोहीअनुरूप सुरक्षा व्यवस्था प्रबन्ध गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
Sponsored