मधेश प्रदेश : लरीको ठक्करबाट पैदलयात्रीको मृत्यु
टुडेपाटी–
पर्सा, असोज २८ गते ।
पर्सामा लरीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार बिहान वीरगञ्जमा लरीले ठक्कर दिँदा पोखरिया नगरपालिका १ वनकटुवा बस्ने ६० वर्षीय विगा रामको मृत्यु भएको प्रहरीले जनाएका छन् ।
वीरगञ्ज–२४ बहुवरीस्थित ड्राईपोर्टबाट परवानिपुरतर्फ जाँदै गरेको ना ३ ख ५७४३ नम्बरको खाली लरीले बाटो काट्दै गरेका रामलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
उपचारको लागि उनलाई नारायणी अस्पतालमा लगिएकोमा मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
ठक्कर दिने लहरीका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Sponsored