TodayPati

मधेस सरकारबाट काँग्रेसका तीन मन्त्रीलाई आउट गर्दै मुख्यमन्त्री राउत

टुडेपाटी-
जनकपुरधाम, असोज २८ गते ।

मधेस सरकारले सत्ता गठबन्धन घटक नेपाली काँग्रेसका मन्त्रीहरुलाई मात्र हटाउन लागेका छन् । बिहिबार साँझ मुख्यमन्त्री लालबाबु राउतले काँग्रेका मन्त्रीहरुलाई फोन गरेर राजिनामा दिन भनेका हुन् । तर मन्त्रीहरुले राजिनामा नदिने मनस्थितिमा छन् ।

मुख्यमन्त्री राउतले नेपाली कांग्रेसबाट आवद्ध दलका मन्त्रीहरुलाई मात्रै फोन गरेर राजिनामा दिन भनेकाले आफूहरुले राजिनामा नदिने निर्णयमा पुगेको कांग्रेसका एक मन्त्रीले जानकारी दिए ।

Sponsored

श्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका मन्त्रीहरुलाई मात्रै फोन गर्न भनेकाले राजिनामा नगर्न निर्देशन दिएपछि मधेस प्रदेशका कांग्रेसी मन्त्रीहरु राजिनामा नदिने भएका हुन् ।

यता माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी पार्टीबाट आवद्ध मन्त्रीहरुलाई राजिनामा गर्नका लागि मुख्यमन्त्री राउतले फोन नगरेको मन्त्री सत्रुधन महतोले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *