TodayPati

मधेश प्रदेश : भन्सार छलीको आशंकामा तीनवटा ट्रक नियन्त्रणमा

टुडेपाटी–
वीरगञ्ज, असोज २५ गते ।

भंसार छलिको सामान बोकेको आशंकामा सशस्त्र प्रहरीले वीरगञ्जबाट तीन वटा ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले ना ३ ख १००९, ना ६ ख ७१ र ना ६ ख १८७८ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

बोर्डर आउटपोष्ट ड्राईपोर्ट र सिर्सियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले सोमबार राति साढे ११ बजे वीरगञ्ज–२४ रामगढवाबाट सामान सहितका ती ट्रकहरुलाई नियन्त्रणमा लिएको थियो ।

Sponsored

बिलमा उल्लेख भएको भन्दा बढी कस्मेटीक, लेडिज जुत्ता, स्टेसनरी तथा ईलेक्ट्रिक सामान लोड गरिएको तीन वटा ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल १३ नं हेड क्वाटरले जनाएको छ ।

सशस्त्र प्रहरीले बरामद भएका सामानको मुल्य २३ लाख ४८ हजार ८ सय ५८ रुपैयाँ मुल्यांकन गरेको छ भने तीन वटा ट्रकको मुल्य ९० लाख पर्ने अनुमान गरिएको छ ।

तीन वटा ट्रक सहित १ करोड १३ लाख ४८ हजार ८ सय ५८ मुल्य बराबरको सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको सशस्त्र प्रहरीले जनाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *