TodayPati

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको २० घण्टे अल्टिमेटम

टुडेपाटी–
काठमाडौँ, असोज २५ गते ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट परेका बागी उम्मेदवारी फिर्ता लिन २० घन्टाको समय दिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।

Sponsored

उनीहरुद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा सहमति भए अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ ।’

भोलि दिउँसो १ बजेसम्म बागी उम्मेदवारी फिर्ता नलिनेलाई पार्टीबाट निष्काशन गर्ने शीर्ष नेताले चेतावनी पनि दिएका छन् ।

निर्धारित समय असोज २६ गते दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्काशन गर्ने विज्ञप्तीमा भनिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *