TodayPati

मधेश प्रदेश : जिपको ठक्करबाट एकजनाको मृत्यु

टुडेपाटी–
सर्लाही, असोज २५ गते ।

सर्लाहीमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।

जिल्लाको हरिवन नगरपालिका ४ लखन्देही पुल नजिक सोमबार साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकअन्दाजी ३२ वर्षीय युवकको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

Sponsored

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश २–०३–००१ च १९२४ नम्बरको जिपले हिजो साँझ सवा ६ बजे ज ५ प ७६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुवै सवारी साधन र जिप चालकलाई इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *