TodayPati

मधेश प्रदेश : मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु

टुडेपाटी–
जनकपुरधाम, असोज २५ गते ।

सर्लाहीमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

सोमबार साँझ करिब साढे ७ बजेको समयमा हरिपुर्वा नगरपालिका ९ खिला टोल स्थित भित्रि सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा स्थानीय बेचन राय यादवका १४ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

श्रीनगरबाट खिला टोलतर्फ जाँदै गरेको प्रदेश २–०२–००३प ३४९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा बेचन राय यादबको टाउको, हात खुट्टामा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ ।

यस्तै पछाडि सवार उनका छोराको टाउको र ढाडमा चोटलागेकोमा दुबै जनालाई उपचारको लागी बिराटनगर न्यूरो तर्फ पठाईएकोमा रितेशको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *