जनकपुरमा करेन्ट लागेर दाजुभाइको मृत्यु, दुईजना घाइते
टुडेपाटी-
जनकपुरधाम, असोज २० गते
जनकपुरधाममा करेन्ट लागेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ विन्धी बस्ने ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरीको मृत्यु भएको हो ।
बुधबार आफ्नै घरमा मोटरको तार जडान गर्ने क्रममा दिनेशकी श्रीमति निर्मला देवीलाई करेन्ट लागेपछि बचाउन गएका दाई दिनेश र रमेशलाई करेन्ट लगेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका दुबैजनाको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपक रायले जानकारी दिए ।
उनका अनुसार दिनेशकी श्रीमती निर्मला र छोरा ४० वर्षीय मुकेश चौधरी घाइते भएका छन् । उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।.
Sponsored