TodayPati

मधेश प्रदेश : ट्याक्सीको ठक्करबाट बालिकाको मृत्यु

टुडेपाटी-
सर्लाही, असोज २० गते ।

सर्लाहीमा ट्याक्सीको ठक्करबाट एकजनाको मृत्युु भएको छ ।

बुधबार साँझ साढे चारबजेको समयमा ईश्वरपुर नगरपालिका १२ घारी बथान स्थित भित्रि सडक खण्डमा ट्याक्सीको ठक्करबाट लालबन्दी नगरपालिका १४ बस्ने सोम बहादुर दोङ्गको ६ वर्षीय छोरी ज्ञानी दोङ्गको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

Sponsored

घारी बथानबाट फुलजोर तर्फ आँउदै गरेको बा.२ ज. २१०२ नम्बरको ट्याक्सीले पैदल यात्री दोङ्गलाई ठक्कर दिँदा लालबन्दी स्थित गढीमाई अस्पतालमा सामानय उपचार पश्चात थप उपचारको लागी  प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो ।

उपचारको क्रममा बालिकाको साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

पैदल यात्रीलाई ठक्कर दिने ट्याक्सी र ट्याक्सी चालक प्रहरी नियन्त्रणमा रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *