एमालेसंग चुनावी तालमेलको प्रयासमा जसपा
टुडेपाटी-
जनकपुरधाम, असोज २० गते ।
पाँचदलीय गठबन्धनमा सिटकबो बाँडफाँड अझै टुंगो लाग्न सकेको छैन । अगामी असोज २३ गते मनोनयन दर्ता गठबन्धन सहमतिको प्रयासमा छन् । प्रदेश सभाको टुंगो नलागेकोले प्रतिनिधि सभाको पनि सहमति घोषणा हुन नसकेको गठबन्धन कार्यदलका सदस्यहरुले बताएका थिए ।
तर गठबन्धन सदस्य घटक जनता समाजवादी (जसपा)ले नेपाली कांग्रेस र माओवादीले आफूलाई पेलेको भन्दै एमालेसँग संवाद अघि बढाएको छ।
२५ सिटको अडानमा रहेको जसपालाई कांग्रेस र माओवादी भनेजति दिन तयार छैनन्। यस्तो अवस्थामा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरिरहेका छन्।
एमाले पनि लोकतान्त्रिक समाजवादीसँग तालमेल नगर्ने निष्कर्ष पुगेपछि जसपासँग गठबन्धनको पक्षमा देखिएको छ।
यस्तोमा यदि मागेजति सिट आफूले नपाउने हो भने विकल्पमा जाने निष्कर्ष यसअघि नै जसपाले निकालिसकेको छ। जसपाले सत्ता गठबन्धनबाहेकका दलसँग पनि चुनावी तालमेलको ढोका खुला राखेको छ।
Sponsored