TodayPati

धनुषामा हिन्दु-मुस्लिम समुदाय एकसाथ लगाए टिका

टुडेपाटी-
जनकपुरधाम । असोज १९ गते ।

हिन्दु धर्मालम्बीहरुले मनाउने विजया दशमीको अवसरमा धनुषामा हिन्दु र मुस्लिम समुदायले एकसाथ टिका लगाएका छन् ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नं ५ दक्षिणवारि टोल नौसय विघामा हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुले एक आपसमा टिका लगाएर विजयादशमी मनाएका हुन् ।

Sponsored

स्थानीय युवाहरूको अगुवाईमा आयोजित टीका कार्यक्रम बजरंग अधारभुत विधालयको प्राङ्गणमा नगर उपप्रमुख बिध्यादेवी भुजेलको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो ।

सो क्रममा उपमेयर भुजेलले सबै जात धर्मको आ–आफ्नो पर्व भएपनि समाजमा भाईचारा कायम राख्न धर्मभन्दा पनि मानवता दर्साउनुपर्ने बताइन् ।

साथै, यस टीका कार्यक्रममा हिन्दु मुस्लिम समुदाय एकसाथ टीका कार्यक्रम मनाउदा निकै खुसी भएको बताइन् । आगामी दिनमा अझै समाजिक सदभाव बढदै जाओस् भन्ने कामना समेत गरिन् ।

Sponsored

सोही क्रममा वडा अध्यक्ष इन्द्रकुमार महतोले असत्य माथी सत्यको विजयको स्वरुप यो पर्व विजया दशमीमा दुई समुदाय एक ठाउँमा टिका मनाउनु नै मानवताको परिचय भएका बताए । एकापसमा दुःख बिर्सेर मित्रता बढाउनका लागि यस टीका कार्यक्रमको मान्यता दिएको बताए ।

सो कार्यक्रममा मोलबी अलाउदिन राईनले पर्वले भाईचाराको सद्भाव महोबतको पैगाम पठाउन खाले टिका कार्यक्रम रहेको बताए । प्रत्येक व्यक्तिको आफ्नो आफ्नो धर्म हुन्छ र सबै समुदाय एकाआपसमा मिलिजुलि मनाउनु पर्ने बताए ।

सो कार्यक्रम स्थानीय बुद्धिजीवी ,राजनेतीकर्मी,शिक्षक पत्रकार , समाजसेवीहरुको व्यापक उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “धनुषामा हिन्दु-मुस्लिम समुदाय एकसाथ लगाए टिका

  • October 7, 2022 at 11:30 am
    Permalink

    साबधान।संख्या बढेपछी मुस्लिम आतंकवादी बन्ने निश्चित छ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *