TodayPati

मधेश प्रदेश : २४ हजार ८१८ लिटर मदिरा नष्ट

टुडेपाटी–
जनकपुरधाम, असोज १५ गते ।

मधेश प्रदेशमा दुई महिनाको अवधिमा २४ हजार ८१८ लिटर घरेलु मदिरा नष्ट गरिएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनामा प्रदेशको विभिन्न जिल्लाबाट २४ हजार लिटरभन्दा बढी तयारी मदिरा नष्ट गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।

Sponsored

यस्तै मदिरा बनाउनका लागि राखिएको २ लाख २१ हजार ४७५ लिटर कच्चा पदार्थ नष्ट गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै यस अवधिमा ९८ वटा भट्ठी नष्ट गरिएको छ भने २२ जनालाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *