TodayPati

महोत्तरीमा ट्राफिक प्रहरीको सक्रियता, दैनिक २ सयभन्दा बढी सवारीसाधनलाई कारवाही

टुडेपाटी–
महोत्तरी, असोज १५ गते ।

महोत्तरीमा ट्राफिक प्रहरीको सक्रियता बढेपछि दैनिक २ सय भन्दा बढी सवारीसाधन कारवाहीमा पर्न थालेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सयभन्दा बढी सवारीसाधनलाई कारवाही गरेको छ ।

Sponsored

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा दौडाउने, यात्रुमाथि अभद्र व्यवहार गर्ने जस्ता सवारीसाधनलाई कारवाही गरिरहेको ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदय सिजापतिका अनुसार यात्रुहरुको साहयताको लागि आधा दर्जनभन्दा बढी सहायता कक्ष समेत स्थापना गरिएको छ ।

बिगतमा देखिएका समस्यालाई मध्यनजर गरि यात्रु सहायता कक्ष स्थापना गरेको उनले बताए ।
ट्राफिक नियमको उल्लंघन गर्ने जोकोही पनि सजग रहन प्रमुख सिजापतिले यातायात व्यवसायीहरुलाई आग्रह गरे ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *