TodayPati

चित बुझ्दो सिट नपाए गठबन्धनबाट बाहिरीने जसपाको निर्णय

टुडेपाटी-
ज्नकपुरधाम, असोज १५ गते ।

सत्ता गठबन्धनमा चित्त बुझ्दो सिट नपाए जनता समाजवादी पार्टीले अन्य विकल्प खोज्ने निर्णय गरेको छ।

शनिबार पार्टीको जारी केन्द्रीय कार्यकारीणी बैठकले सत्ता गठबन्धनमा सन्तोषजनक अवस्था नभएकोले अन्य राजनीतिक दलसँग चुनावी तालमेल गर्ने वा एक्लै चुनाव लड्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिस सुमनले जानकारी दिए।

Sponsored

उनले आफुहरुको पहिलो प्राथमिकता सत्ता गठबन्धन रहेको तर गठबन्धनमा सम्मानजनक र चित्त बुझ्दो स्थान नपाए अन्य दलसँग तालमेल गर्ने र त्यो पनि संभव नभए एक्लै चुनाव लड्ने निर्णय भएको बताए ।

जसपाले मधेसमा आधा सीट अर्थात १६ सहित कम्तिमा २० सीट दावी गरेकोमा १६ सीटमात्रे पाउने भएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *