मधेश प्रदेश : चट्यांंग लागेर एकजनाको मृत्यु
टुडेपाटी–
पर्सा, असोज १० गते ।
पर्सामा चट्यांग लागेर एकजनाको मृत्यु भएको छ ।
सोमबार मेघ गर्जनसहितको चट्याङ लागेर एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
वीरगञ्ज महामगरपालिका २ का १५ वर्षिय सिद्धार्थ उपाध्यायको मृत्यु भएको प्रहरीले जनाएका छन् ।
छठिमाई पोखरी नजिकै अचानक चट्याङ लागेर उपाध्यायसहित तीन जना घाइते भएका थिए।
घाइतेहरूलाई तत्कालै उपचारको लागि नारायणी अस्पतालमा लगिएकोमा उपाध्यायलाई चिकित्सकले मृत घोषणा गरेको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।
Sponsored
यस्तै चट्याङ लागेर घाइते भएका सोही स्थानका कुलनेसा खातुन र वीरगञ्ज ४ का १३ वर्षिय अर्जुन राउतको थप उपचारको लागि नेसनल मेडिकल कलेजमा रिफर गरिएको गिरिले बताए।
यसैगरी, पर्साको बिन्दवासिनी गाउँपालिका(४ अमरपट्टिका २६ वर्षका को कुन्दन दास शौचालय जाने क्रममा चट्याङ लागि घाइते जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।