जनकपुरधाममा दसैँको रौनक
टुडेपाटी–
जनकपुरधाम, असोज १० गते ।
जनकपुरधाममा दसैँको पहिलो दिनदेखि नै रौनक बढेको छ । राजदेवी मन्दिरसहित जनकपुरधामका अन्य शक्तिपिठहरु दुल्ही झैँ सिँगारिएको छ ।
दसैँमा श्रद्धालुको केन्द्र बिन्दुको रुपमा रहेको राजदेवी मन्दिरसहित बौधीमाई, अन्नपूर्णा, पिडरिया माइस्थान लगायतका शक्तिपिठहरुलाई सजाइएको हो । दसैँको पहिलो दिनदेखि सबै मन्दिरहरुमा पूजापाठ गर्नका लागि श्रद्धालु भक्तजनको भिड लागेको हो ।
महाविर युवा कमिटीका अध्यक्ष बलराम साहले प्रत्येक वर्ष झै यस वर्ष पनि मन्दिरमा राम्रो सरसजावट गरिएको बताए । उनले यस सरसजावटका लागि २० लाखभन्दा बढी खर्च भएको बताए ।
यस्तै श्रद्धालु भक्तजनको सुरक्षाका लागि विभिन्न स्थानमा सिसिक्यामेर जडान गरिएको हो ।
Sponsored