धनुषा क्षेत्र नं. २ का एमाले प्रभावशाली नेता गंगाराम यादवले पार्टी छाडे
टुडेपाटी-
जनकपुरधाम, असोज १० गते ।
नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी छाडेका छन् । जनकपुरधाममा सोमबार बिहान पत्रकार सम्मेलन गरी उनले एमाले पार्टी परित्यागको घोषणा गरेका हुन् । एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत व्यक्तिवादी भएर चल्न थालेको आफू पार्टी परित्याग गरेको उनले बताए ।
गंगाराम धनुषा क्षेत्र नं. २ का एमालेका पुराना र प्रभावशाली नेता मानिन्छ । २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय एमालेबाट प्रतनिनिधिसभा सदस्य उम्मेदवारका आकंक्षी थिए ।
तर एमालेले धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव रुष्ट बनेका छन् ।
जसपाले धनुषा क्षेत्र नं. २ बाट यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको श्रोतले जनाएको छ ।