मधेश प्रदेश : ट्याक्टरले किचेर बालकको मृत्यु
टुडेपाटी–
वीरगञ्ज, असोज ७ गते ।
ट्याक्टरले किचिएर पर्सामा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको वीरगञ्ज महानगरपालिकामा ट्रयाक्टरले किचेर वडा नं. २१ ताजपुर बस्ने सञ्जय पासवानको ५ वर्षीय छोरा सुशीलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान ना ३ त १४३६ नम्बरको ट्रयाक्टरमा सवार सुशील ट्रयाक्टरबाट सडकमा खसेका थिए । त्यसपछि सोही ट्रयाक्टरको चक्काले किचेर उनी गम्भिर घाइते भए ।
घाइते बालकको उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
घटनापछि ट्रयाक्टर चालक फरार भएका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएका छन् ।
Sponsored