एमालेसहितका दलसंग चुनावी समन्वय गर्न लोसपाले बनायो समिति
टुडेपाटी-
जनकपुरधाम, असोज ७ गते ।
लोकतान्त्रिक समाजवादी पार्टीले अगामी प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा अन्य दलसँग तालमेल र सहकार्य गर्न एक समिति गठन गरेको छ ।
बरिस्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्य बार्ता समिति गठन गरेको हो ।
राजेन्द्र महतो -संयोजक रहेको सो समितिको सदस्यहरुमा नेता शरतसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्र नाथ शुक्ल, लक्ष्मण लाल कर्ण र जितेन्द्र सोनल रहेको लोसपा प्रवक्ता केशव झाले जानकारी दिए ।
लोसपा अध्यक्ष महन्त ठाकुरले बरिठ नेतम महतोलाई पठाएको पत्रमा अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य चुनावमा “पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ” नेकपा एमाले लगायतका अन्य विचार मिल्ने पार्टीहरुसंग सहकार्य गर्न यो समिति गठन गरिएको उल्लेख गरेका छन् ।
Sponsored