राष्ट्रपति कार्यालयविरुद्ध परेको रिटमा आइतबार सुनुवाइ हुने
टुडेपाटी–
काठमाडौँ, असोज ७ गते ।
सर्वोच्चमा नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै दर्ता भएका पाँचवटा रिट निवेदनको सुनुवाइ आइतबारका लागि सरेको छ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा शुक्रबार पेशी तोकिए पनि हेर्न नभ्याइएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
दोस्रो पटक पेश भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबारसम्ममा प्रमाणीकारण गर्नुपर्ने संवैधानिक दायित्व भए पनि उनले गरिनन्।
संविधानको धारा ११३ (४) को किटानी व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेको दाबी गर्दै पालनाका लागि राष्ट्रपति कार्यालयविरुद्ध परमादेशको माग गर्दै पाँचवटा रिट दर्ता भएका छन्।
अधिवक्ताहरु सुनील रञ्जन सिंह, सागर बराल, सुनीलकुमार यादवले छुट्टाछुट्टै रिट दर्ता गरेका थिए।
Sponsored
यस्तै सोनु रौनियार र देव शर्माले पनि सार्वजनिक सरोकारको विवादका रुपमा विधेयक प्रमाणीकारणको आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका छन्।