जनपुरमा प्रहरीको गुण्डागर्दी : दारु खाएर घरमै पसी कुटपिट गरेको आरोप
टुडेपाटी-
जनकपुरधाम, असोज ६ गते ।
जनकपुरमा पछिल्लो पटक बर्दीको धाकमा प्रहरीको गुण्डागर्दी बढेको छ । एकपछि अर्को क्रमिक रुपमा बर्दीको दुरुपयोग गर्दै सर्वसाधारणमाथि विभिन्न बहानामा कुटपिट गर्ने जस्ता अराजक क्रियाकलापमा प्रहरी गरेको घटना सृंखला रुपमा सार्वजनिक हुँदैछ ।
बुधबार राति जनकपुरधाम उपमहानगरपालिका ८ स्थित बलवा प्रहरी चौकीका प्रहरीले जनकपुरधाम उपमहानगरपालिका ४ का सुमित यादवको घरमा पसेर कुटपिट गरेको आरोप लगाएको छ । चौकी नजिक परिक्रमा सडकमा चेकजाँच गरिरहेको बेला रोक्न खोज्दा नरोकेपछि यादवको घरमै पुगेर उनीसहित घरपरिवारलाई प्रहरीले कुटपिट गरेको आरोप छ ।
पाइपको भाटाले छोरालाई बचाउन गएको आमालाई पनि प्रहरीले कुटपीट गरेको परिवारजनको आरोप छ । ‘राती घरमा आएपछि प्रहरीहरु रक्सी खाएको जस्तो गन्हाउथ्यो । ठुलो ठुलो स्वरमा गाली गर्दै कुटपीट ग¥यो,’सुमितका दाई लभ यादवले भने,‘छिमेकीहरु बचाउन जदा पनि गाली गर्न थाल्यो । केही समय प्रहरी र छिमेकीबीच भनाभन भएकै हो ।’ अहिले सुमित र उनको आमा निर्मला देवीको जानकी हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा उपचार भइरहेको छ । सर्जन चिकित्सक डा. शेखर अधिकारीले शरिरमा सात÷आठ ठाउँमा डाम देखिएको बताए । तर भित्रि घाउ भइसकेको छैन् । अवस्था समान्य नै छ ।
यी घटनामा छुटाउन जाँदा तथा मोवाइलमा भिडियो बनाउन लाग्दा दुई जना छिमेकीलाई पनि प्रहरीले समातेका छन् । रवि चौधरी र दिपेश झालाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । पक्राउ परेकाहरुमाथि प्रहरीसँग झगडा गरेको आरोप छ । घटनास्थलमा पुगेको प्रहरी इन्चार्ज गयाप्रसाद चौधरीको मोवाइल र पर्स खोसिएको प्रहरीको आरोप छ ।
भदौ २६, २८ र असोज ४ गते धनुषामा घटिएको यी तीनै घटनाको प्रकृति उस्तै छ, यातना । तीनै घटनामा प्रहरीमाथि नै आरोप छ । यी आरोप र समाजिक सञ्जालमा देखिएको भिडियो तथा तस्बीरले प्रहरीले सर्वसधारणसँग गरिने व्यवहार प्रष्ट हुन्छ । भदौ २६ गतेको घटनामा तीन जना प्रहरी निलम्बनमा पनि परेका छन् । यद्दपी प्रहरीले उनको नाम खुलाउन मानेका छैनन् ।
Sponsored
‘कमाण्डरसहित दुई जवानलाई हामीले ६ महिनाको लागि निलम्बन गरेका छौं,’डिएसपी क्षेत्रीले भने,‘बाँकी कुरा अहिले सार्वजनिक नगर्नुस् । सबै घटनाको अनुसन्धान भइरहको छ । प्रहरी दोषी भए कारवाही हुन्छ ।’ तर गयाप्रसाद यादव बैष्णव रहेको र मांस मदिरासमेत नखाने हुनाले उनीमाथि सुमितको परिवारले लगाएको आरोप निराधार रहेको उनले बताए ।