TodayPati

मधेशमा पुग्यो ३३ लाख ८६ हजार मतदाता

टुडेपाटी–
जनकपुरधाम, असोज ६ गते ।

मधेश प्रदेशको आठ वटा जिल्लामा मतदाताको संख्या ३३ लाख ८६ हजार ६२८ पुगेको छ।

निर्वाचन कार्यालय मधेस प्रदेशका अनुसार १८ लाख २७ हजार ८५४ पुरुष र १५ लाख ५८ हजार ७०४ महिला र ७० जना अन्य मतदाता यस प्रदेशमा रहेका छन्।

Sponsored

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णकुमार राउतले दिएको जानकारी अनुसार सप्तरीमा २ लाख १७ हजार २८२ पुरुष, २ लाख १ हजार ७१ महिला र अन्य २१ गरी जम्मा ४ लाख १८ हजार ३७४ मतदाता रहेका छन्।

सिरहामा २ लाख २४ हजार ९९ पुरुष, १ लाख ९८ हजार ६११ महिला र अन्य २ गरी जम्मा ४ लाख २२ हजार ७१२ मतदाता रहेका छन् ।

धनुषामा २ लाख ५२ हजार ९१५ पुरुष र २ लाख २१ हजार ६६५ महिला र अन्य ७ जना गरी ४ लाख ७४ हजार ५८७ मतदाता रहेका छन्।

Sponsored

यस्तै महोत्तरीमा २ लाख १५ हजार १३१ पुरुष, १ लाख ८१ हजार ८९८ महिला र अन्य एक जना गरी कुल ३ लाख ९७ हजार ३० मतदाता कायम भएका छन् ।

सर्लाहीमा २ लाख ५९ हजार ४१४ पुरुष, २ लाख १९ हजार ६१४ महिला र १० जना अन्य गरी जम्मा ४ लाख ९७ हजार ३८ मतदाता रहेका छन्।

यस्तै रौतहटमा २ लाख २७ हजार २२९ पुरुष, १ लाख ८८ हजार २५५ महिला र एक जना अन्य गरी जम्मा ४ लाख १५ हजार ४५५ मतदाता छन् ।

बारामा २ लाख ३६ हजार ८८० पुरुष, १ लाख ९६ हजार ६१२ महिला र १२ जना अन्य गरी कुल ४ लाख ३३ हजार ५०४ मतदाता रहेका छन् ।

त्यस्तै, पर्सामा १ लाख ९४ हजार ९०४ पुरुष, १ लाख ५१ हजार ८ महिला र १६ अन्य मतदाता गरी कुल ३ लाख ४५ हजार ९२८ जना मतदाता रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *