TodayPati

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोद यादवलाई तत्काल कामकाज नगर्न अदालतको आदेश

टुडेपाटी-
जनकपुरधाम, असोज ६ गते ।

उच्च अदालत जनकपुरले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोद कुमार यादवलाई कामकाज नगर्न/ नगराउन आदेश दिएको छ ।

उच्च अदालत जनकपुरका न्यायाधिश रामेश्वर रेग्मीको एकल इजलासले दुवै पक्षको छलफलबाट टुङ्गो नलागेसम्म डा. यादवलाई रजिष्ट्रारको हैसियतमा कामकाज नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश दिइएको हो ।

Sponsored

जनकपुरधाम बस्ने देवानन्द झाले प्रतिष्ठानको कार्यालय समेतलाई विपक्षी बनाई डा.यादवको नियुक्ति अवैध रहेको दाबी गर्दै पद खारेजीको मागसहित उच्च अदालत जनकपुरमा बुधबार निवेदन दिएका थिए ।

सो निवेदन उपर सुनुवाई गर्दै उच्च अदालतले दुवै पक्षको छलफलबाट टुङ्गो नलागेसम्म विपक्षी डा. यादवलाई रजिष्ट्रारको हैसियतमा काम नगर्न नगरााउन आदेश दिएको छ ।

विपक्षी प्रतिष्ठान तथा उपकुलपति रामकेवल साहको नाममा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्रले जानकारी दिए ।

Sponsored

निवेदकले अन्तरिम आदेशको समेत माग गरेकोले सो सम्बन्धमा दुबै पक्षको छलफलबाट अन्तरिम आदेश जारी हुने/नहुने सम्बन्धमा निष्कर्षमा पुग्न छलफलका लागि अगामी असोज २७ गतेको समय दिइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *