जनकपुरधाम : राणाले सरकारी कागज किर्ते गरी करोडौ मूल्य बराबरको जग्गा हड्पेको आरोप
टुडेपाटी–
जनकपुरधाम, असोज १ गते ।
प्रकाशजंग राणाले सरकारी कागज किर्ते गरी अरुको जग्गा हड्पेको आरोप लागेको छ । जनकपुरधामको प्रमुख बजार क्षेत्र वडा नम्बर २ जनक चौक स्थित ललितपुर महानगरपालिका ४ बस्ने देशपाल सिंह हमालको करोडौ मूल्य बराबरको जग्गा सरकारी कागज किर्ते गरी प्रकाशजंगले आफ्नो नाममा गरेको आरोप लागेको छ ।
शनिवार पीडित हमालले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो आमा गीता रानी हमालको नाममा रहेको जग्गाको नक्कली जग्गाधनी पुर्जा बनाउन मालपोत कार्यालयबाट उनले मिसिल फाइल समेत गायब गरेको आरोप लगाए । पीडित हमालले न्यायका लागि राणा विरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाहेरी समेत दिएका छन् ।
उनका अनुसार सि.नं. १३५५—२५ को साबिकको किता नं. १०० किताकाट भई कि.नं. १६९ ज्योतिजंग राना र प्रकाशजंग राना तथा कि.नं. १७० आफ्नो आमा गीतारानी हमालको नाममा हजुर आमा रानी पदमकुमारी रानाबाट बक्स पत्र भएको थियो ।
बुवा र आमा स्वर्गीय भएपछि कि.नं. १७० मा आफ्नो हकभोग हुन गएको भनी सो जग्गा आफ्नो नाममा गराउन मालपोत कार्यालय धनुषा जाँदा ती जग्गा प्रकाश रानाको नाममा दर्ता भइसकेको थाहा पाएपछि आश्चर्यचकित भएको हमालले भने ।
उनले ३ कट्ठा २ कनमा क्षेत्रफल रहेको ती कि.नं. १७० को जग्गा आफ्नी आमा गीतारानीको नाउँ हुनुपर्नेमा किताकाट गरेर टुक्रा टुक्रा पारी केही विक्री पनि गरिसकेको र बांकी आफ्नै नाममा सरकारी कागज किर्ते गरी प्रकाशजंगले गराइसकेको आरोप लगाए ।
Sponsored
सबूत प्रमाण मेटाउन प्रकाश रानाले मालपोत कार्यालयबाट मिसिल फाइल समेत गायब गराएको र सो किर्ते कागजातको आधारमा गुठी संस्थानमा कर बुझाउंदै आएको उनले बताए ।
उनले जिप्रकामा दिएको जाहेरीमा प्रकाश रानाले किर्ते कागजातको आधारमा किता नं। १७० बाट १४ धुर ३ कनमाको कि।नं। २७५ र २ कट्ठा ५ धुर ३ कनमा क्षेत्रफलको कि.नं. २७६ कायम गराएको । फेरी ती कि.नं. २७५ बाट २७८ र २७९ दुई किता कायम गरेको मध्ये ७ धुर क्षेत्रफलका कि।नं। २७८ को जग्गा संगीता ठाकुरको नाममा विक्री गरेको र कि.नं. २७९ आफ्ना नातेदार संगिता रानाको नाममा दर्ता गराएको उल्लेख छ ।
बांकी रहेका कि.नं. २७५ को २ कट्ठा ५ धुर ३ कनमाको जग्गा प्रकाश रानाले दाबी गरेपनि मालपोत कार्यालयमा गएर बुझ्दा सो कार्यालयबाट जग्गाधनी पुर्जा नबनेको आधारमा प्रकाशले दाबी गर्दै आएको जग्गाधनी पुर्जा किर्ते गरी तयार पारिएको नक्कली रहेको पुष्टि भइरहेको हमालले पत्रकार सम्मेलनमा भने ।
हमालले आफ्नो आमाको नाममा रहेको जग्गा सरकारी किर्ते कागजको आधारमा आफ्नो नाममा गराई विक्री समेत गर्ने जस्ता ठगी कार्य गर्ने प्रकाश राना विरुद्ध अनुसन्धान गरी मुलुकी अपराध संहिता २०७४ को दफा २७६ ९१० ९२० ९३० र ऐ संहिताको दफा २४९ (१) (२) (३) बमोजिम कारवाही तथा सजायको माग जाहेरीमा गरेका छन् ।