TodayPati

महोत्तरीको मटिहानीमा झोलुङ्गे पुल निर्माण

टुडेपाटी–
महोत्तरी, भदौ ३० गते ।

महोत्तरीको मटिहानी नगरपालिकाको दुधमती नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरिएको छ।

नगरप्रमुख हरिप्रसाद मण्डलले ४५ लाखको लागतमा निर्मित सो पुलको बिहीबार उद्घाटन गरेका हुन्।

Sponsored

मटिहानी ५ मा पर्ने गोबरौडा र घोरघासको बीचमा ३२ मिटर लम्बाइ सो पुलको निर्माण कार्य सम्पन्न भएको नगरपालिकाका इन्जिनियर विमलेश साहले बताए ।

जनतालाई हरेक क्षेत्रमा सेवा पुर्‍याउन पालिका कटिबद्ध रहेको बताउँदै नगरप्रमुख मण्डलले सो पुल निर्माण भएपछि आम जनतालाई आवतजावत गर्नका लागि सहयोग पुगेको बताएको छ।

यस्तै मटिहानी र धनुषाको तुलसियाहीलाई जोड्ने बिग्ही नदीमा निर्माण हुने झोलुङ्गे पुलको शिलान्यास भएको छ। ४५ मिटर लम्बाइ रहेको सो पुल ६५ लाखको लागतमा निर्माण हुन लागेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *