मधेश प्रदेशका यी स्थानीय तहले ल्याए बजेट
टुडेपाटी–
रौतहट, भदौ ३० गते ।
रौतहटको एक स्थानीय तहले चालु आर्थिक वर्षको दुई महिना बित्न लाग्दा बजेट ल्यएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाको ४९ करोड बढिको बजेट बिनियोजन गर्दै छैठौं नगर सभा सम्पन्न भएको छ ।
नयाँ आर्थिक वर्षको असार १० गतेभित्र बजेट ल्याउनु पर्ने व्यवस्था भएपनि बुधबार आयोजित नगरसभाले बजेट विनियोजन गरेको हो ।
चालु आर्थिक वर्ष २०७९/८० का लागि ४९ करोड ४९ लाख ९९ हजार रुपैयाँको बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवले घोषणा गरेका थिए ।
नगरसभाले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइ, विधुत, भौतिक पुर्वाधार निर्माण , पर्यटन तथा संस्कृति, लाई विशेष प्राथमिकतामा राखेको छ ।
Sponsored