TodayPati

लागुऔषधसहित २ जना सर्लाहीबाट पक्राउ

टुडेपाटी-

सर्लाही, वैशाख १० गते ।

सशस्त्र प्रहरी सर्लाहीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सर्लाहीको मलंगवा नगरपालिका ८ बस्ने ३३ वर्षीय सुशिलकुमार राउत र २८ वर्षीय मनोज राउतलाई पक्राउ गरेको हो ।

Sponsored

बुधबार मलंगवा नगरपालिका ८ झिलीमिलीमाई नाकाबाट २८ बोतल कोडिन फोस्पेट नामक लागुऔषधसहित दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बीआर जे ५८८१ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस मलंगवाबाट खटेको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागुऔषध फेला परेपछि पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *