TodayPati

रौतहटमा विष सेवनबाट आमाछोरीको मृत्यु, छोराको उपचार हुँदै

टुडेपाटी-

रौतहट, वैशाख १० गते ।

रौतहटमा घरायसी विवादका कारण छोराछोरीसँगै एक आमाले विष सेवन गरेकी छन् । विष सेवनबाट आमा र छोरीको मृत्यु भैइसकेको छ भने छोराको उपचार जारी रहेको छ ।

Sponsored

रौतहटको मौलापुर नगरपालिका १ का रामलाल महतो कोइरीको ३५ वर्षीया श्रीमती सोनावती महतोले मंगलबार बेलुकी १४ वर्षीय छोरा दिपक महतो  र ७ वर्षीया छोरी सोनिकुमारीलाई बिष सेवन गराई आफू पनि सेवन गरेको रौतहट प्रहरीले जनाएको छ ।

बिष सेवनपछि अवस्था गम्भीर भएपछि तीनै जनालाई मौलापुरको एक निजिक्लिनिकमा सामान्य उपचार पछि थप उपचारका लागि एम्बुलेन्सबाट नेशनल मेडिकल कलेज बीरगंज पठाईएको थियो । सोनावतीको उपचारको क्रममा राति र छोरीको बुधबार बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका सई आमोदप्रसाद यादवले जानकारी दिए ।

छोरा दिपक महतोको उपचार भैइरहेको र अवस्थामा सुधार भैइरहेको स ई यादवले बताए । मृतक दुबैजनाको शव पोष्टमार्टम भैइ घटनाको अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *