मधेश प्रदेश : गाईको बाछीलाई काटेर मार्ने ६५ वर्षीय मिँया पक्राउ
टुडेपाटी-
जनकपुरधाम, भदौ २५ गते ।
गाईको बाछीलाई काटेर मारेको आरोपमा सप्तरीमा एक वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ६५ वर्षीय सकुर मिँया रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएका छन् ।
शुक्रबार बिहान करिब साढे ११ बजेको समयमा महादेवा गाउँपालिका ४ बलियाको मुस्लिम टोलमा स्थानीय ६५ वर्षीय सकुर मियाको ३५ वर्षीय छोरा मो. ईलियासले करिब ८ महिनाको गाईको बाछीको काटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ईलियासले आफ्नै घरको आंगनमा रातो खैरो रङको गाईको बाछीलाई काटी मारेको सूचना प्रहरीलाई प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी डिमनबाट खटेको प्रहरी टोलीले मियाँको घरबाट करिब ५।६ के.जी. मासु र चार वटा खुट्टा बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
Sponsored