TodayPati

जनकपुरधाममा पनि मनाइयो आत्महत्या रोकथाम दिवस

टुडेपाटी–
जनकपुरधाम, भदौ २५ गते ।

जनकपुरधाममा विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । नेपाल मेडिकल एसोसिएसनको आयोजनामा आत्महत्या रोकथाम दिवस मनाइएको हो ।

प्रादेशिक अस्पताल जनकपुरधामबाट ¥याली निकाल्दै जनकपुरधाममा चिकित्सकको टोली पुगेको थियो । उनीहरु विभिन्न नारासहितको प्ले कार्ड लिएर प्रभातफेरी निकालेका थिए । जानकी मन्दिरमा पुगेर वरिष्ठ मनोरोग विशेषज्ञ डा. रोविन झाले अहिले मृत्यु हुनेमा आत्महत्या दोस्रो रहेको र आगामी पाँच वर्षमा यो पहिलो नम्बरमै आउने बताए ।

Sponsored

उनले आत्महत्या मुख्यतः मांसिक समस्याको कारण गर्ने गरेको र आत्महत्याको केसमा ८० देखि ९० प्रतिशतसम्म मुख्य कारण डिप्रेशन रहेको बताए । यस्तै आत्महत्याको दोस्रो कारण लागूऔषध रहेकाले कसैलाई मांसिक समस्या रहेको र उनलाई तनाव व्यवस्थापन गर्न गाह्रो भएमा नजिकको मांसिक स्वास्थ्यकर्मीलाई भेट्न आग्रह गरे ।

डा. झाले कोरोनाको समय लकडाउन भएको समयमा आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको बताए ।

एसोशिएसनको आयोजनामा भएको कार्यक्रममा मुख्य अतिथिको रुपमा डा. रामनरेश पंडित थिए भने वरिष्ठ मनोरोग विशेषज्ञ डा. शिरिष अर्याल, मनोरोग विशेषज्ञ डा. सुनयना यादव, वरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेश साह, मनोज साह लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु उपस्थित भएका थिए ।

Sponsored

मधेश प्रदेश प्रहरीको तथ्यांक अनुसार चालु आवको एक महिनामा मात्र यस प्रदेशमा ९ बालबालिकासहित ५६ जनाले आत्महत्या गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *